नाङ्गा छन मेरा कविता
न कुनै भाव , न अर्थ !
शब्दका संयोजन छैन कतै !
न व्यक्त छ कुनै कथा न कुनै रमिता !
लाज छ मलाई नाङ्गा छन् मेरा कविता !


जीवन दर्शन देखिन्न कतै
न त गर्छ पापको गुनासो
यी शब्द नै भए आज भार
लाग्छ हुन् कुनै कविको नासो
मै हुँ यस्ता कविताका रचैता
लाज छ मलाई , नाङ्गा छन मेरा कविता !


न कुनै लय छ , न कुनै छन्द !
स्वाद खल्लो छ ,, सन्देश छ बन्द
छैन कतै जीवन रस
छन् त केवल शब्द निरर्थक
ठाडा , टेडा ,बांगा इकार उकार
न कुनै सृंगार , कविता छ बेकार
लाज छ मलाई , नाङ्गा छन् मेरा कविता !!


छन् भाव फुङ्ग भएर उडेका
क ,ख , ग जीवान चक्र सरि गुडेका
छैन कुनै शीर्षक , न कुनै चिन्तन
छन् त केवल बेकामफुस्सा कुरा
निशब्द , निरिह अर्थ उप्किएका
स्वाद छन् बिग्रेका ,
यस्ता कविता को हुँ म रचैता
लाज छ मलाई नाङ्गा छन् मेरा कविता !!